काठमाण्डौं – नेपाल भारतकाे सिमा बिवादमा विवादास्पद अभिव्यक्ति दिने भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने कार्तिक १६ गते नेपाल आउने भएका छन् ।
२ देश बीच सीमा विवाद चर्किएपछि नरभानेको नेपाल भ्रमण हुन लागेको हो । भारतीय सेना प्रमुखको भ्रमणको क्रममा सीमा विवादका विषयमा पनि अनौपचारिक छलफल हुने अनुमान गरिएको छ ।
नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ । त्यसैका लागि नरभाने नेपाल आउन लागेका हुन् ।
भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रलाई मिचेर सडक निर्माण गरेपछि २ देशबीच सीमा विवाद चर्किदा नरभानेले नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । उनी नेपालमा ३ रहने छन् ।


