काठमाण्डौं – हास्य कलाकार मनोज गजुरेलाई पनि कोरोना पुष्टि भएको छ ।
आइतबार गरिएको पीसीआर परिक्षणमा कोरोना पुष्टि भएको सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जानकारी गराएका हुन् ।
टाउको दुख्ने, ज्वरो आउँने र ढाड दुख्ने समस्या देखिएपछि परिक्षण गराउँदा पोजेटिभ देखिएको उनले उल्लेख गरेका छन् ।
संक्रमण पुष्टिपछि उनी आइसोलेसनमा बसेका छन् । उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत हुन समेत आग्रह गरेका छन् ।


