काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण नेपालमा संक्रमितहरुको संख्या १ लाख ६० हजारको हाराहारीमा पुगेको छ । त्यस्तै गरी संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८६२ पुगेको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजानिक गरेको विवरण अनुसार थप १७४१ जनामा संक्रमण देखिए संगै नेपालमा संक्रमितहरुको कुल संख्या १ लाख ५९ हजार ८३० पुगेको छ । त्यस्तै गरी संक्रमणकै कारण सोमबार थप १५ जनाको ज्यान गए संगै नेपालमा ज्यान गुमाउनेको संख्या ८६२ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या मध्ये १ लाख १५ हजार ६७५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने ४३ हजार २९३ जना सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा अहिलेसम्म १३ लाख ९८ हजार १७९ जनाको पीसीआर परीक्षण भई सकेको छ । पछिल्ला दिनमा देशका ठूला सहरमा संक्रमण बढ्दै गएको छ । अहिले देशै भरको क्वारिन्टीनमा २९६९ जना रहेका छन् ।


