काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दसैंको टीका लगाएका छन् ।
प्रधानमन्त्री ओलीले शीतल निवास पुगेर बडादसैंको टीका ग्रहण गरेका हुन् ।
टीकासँगै राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई जमराको माला लगाइदिएकी छन् । उक्त अवसरमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यले समेत राष्ट्रपतिको हातबाट टीका लगाएर जमराको माला ग्रहण गरेकी छन् ।
प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद ओली गृहजिल्ला झापामा भएकाले यसपटक ओलीले बालुवाटारमा टीका नलगाएका हुन् । बालुवाटारमा पत्नी राधिकालाई टीका लगाइदिएर ओली टीका थाप्न शीतल निवास पुगेका हुन् ।
तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय


