काठमाण्डौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आज आमा र गुरुबाट टीका ग्रहण गरेकी छन् । उनले १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डे र गुरुआमा खेमचन्द्र ढकालबाट टीका ग्रहण गरेकी हुन् । आमा मिथिलाको हातबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए ।
राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिएकी थिइन् ।
अघिल्ला वर्षहरुमा जस्तो सरकार प्रमुख र सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम भने यस वर्ष कोरोनाका कारण स्थगित गरिएको छ ।


