काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण नेपाल भरी आज सम्म २७७ जनालाई आइसियू र ६६ जनालाई भेन्टिलेटरमा राखेर उपचार हुदै गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतममा अनुसार ४५ हजार ५७२ जना सक्रिय संक्रमित हरु मध्ये २७७ जनालाई आइसियू ६६ जनालाई भेन्टिलेटर राखेर उपचार भई रहेको जानकारी दिए ।
संक्रमण भएका मध्ये गंभिर अवस्थामा रहेका २७७ जनालाई आइसियूमा राखेर उपचार भई रहेको हो भने अति गंभिर अवस्थामा रहेका ६६ जनालाई भेन्टिलेटरमा राखेर उपचार भई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा आज १२ हजार ३११ नमूनाको पीसीआर परीक्षण गर्दा थप २८५६ जनामा संक्रमण देखिए संगै कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।


