काठमाण्डौं – कोरोना भाइरसका कारण उपत्यकामा मात्रै आज थप १५३५ जनामा संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेहरुमा ६२९ महिला र ९०६ पुरुष छन् ।
मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमका अनुसार अहिले नेपालभरी ४५ हजार ५७२ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै क्वारेन्टाइनमा ३०६४ जना रहेका छन् ।
पछिल्लो २४ घन्टामा ३३३६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै नेपाल भरी कुल डिस्चार्ज हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ।
आइसीयूमा २७७ जना र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


