काठमाण्डौ – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा २८५६ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप २८५६ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ ।
मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतममा अनुसार आइतबार देशभरबाट संकलित स्वाब परिक्षण गर्दा थप २८५६ जनामा कोरोना संक्रमण देखिए संगै अब नेपालमा संक्रमितहरुको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ५ जनाको ज्यान गएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८४७ पुगेको छ ।




















