काठमाण्डौं – नेकपा नेता जनार्दन शर्मा ‘प्रभाकर’ र चुडामणी खड्का ‘प्रकाश’ दम्पत्तीलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
नेकपा नेता जनार्दन शर्मा उनका धर्म पत्नी लक्ष्मीलाई तथा नेता चुडामणी खड्का र उनका धर्म पत्नी सर्मिलालाई संक्रमण पुष्टि भएको हो ।
नेता शर्मालाई हल्का ज्वरो आएपछि शंका लागेर स्वाब परीक्षण गराउदा पोजेटिभ देखिएको थियो । दुवै दम्पतीलाई सनिबार संक्रमण पुष्टी भएको हो ।
नेता प्रभाकरले आइतबार बिहान फेसबुकमा स्टाटस राख्दै प्रभाकरले आफूलाई संक्रमण भएको जानकारी दिएको हो भने प्रकाशको भने उनको सचिवालयले हिजै नै दम्पतीमा संक्रमण देखिएको जानकारी गराएको हो ।
छन् । केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन प्रभाकरले अनुरोध गरेका छन् ।
पूर्व गृहमन्त्रीसमेत रहेका प्रभाकर दम्पती र साँसद प्रकाशको परिवार होम आइसोलेसनमा छन् ।
प्रभाकरका भाइ एवम् नेकपाका युवा नेता अनिल शर्मालाई पनि कोरोना संक्रमण देखिएको छ । उनी पनि होम आइसोलेसनमा बस्दै आएका छन् ।




















