पोखरा – गण्डकी प्रदेशमा कोरोना संक्रमण्माबाट ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले आज (आइतबार) विज्ञप्ती जारी गर्दै प्रदेशको विभिन्न जिल्लामा गरी हाल सम्म ६३ जनाले ज्यान गुमाएको पुष्टी गरेको हो ।
पछिल्लो पटक ज्यान गुमाउनेमा कास्की जिल्ला, पोखरा महानगरपालिका–१ का ४२ बर्षका पुरुष, पोखरा महानगरपालिका–२२ का ६८ बर्षका पुरुष र पोखरा महानगरपालिका–३१ का ५८ बर्ष पुरुषले संक्रमणका कारण ज्यान गुमाएको पुष्टी गरेको छ ।
्
त्यस्तै गरी पोखरा महानगरपालिका–१५ का ५२ बर्षीया महिलाको पनि कोरोना संक्रमणकै कारण ज्यान गएको निर्देशनालयले पुष्टी गरेको छ । यो संगै गण्डकी प्रदेशको विभिन्न जिल्लामा गरी आज बिहान सम्म ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ ।


