काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप २२२५ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप २२२५ जनामा संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले देशभरबाट संकलित १३ हजार ८४६ नमूना स्वाब परिक्षणका क्रममा थप २२२५ जनामा संक्रमण देखिए संगै अब नेपालमा संक्रमितहरुको संख्या १ लाख ५५ हजार २३३ पुगेको बताए ।
पछिल्लो २४ घण्टामा थप १३ जनाले ज्यान गुमाएका छन् । यो संगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८४२ जना पुगेको छ ।


