पोखरा – पोखराको खहरे भिरबाट लडेर १ जना युवकको ज्यान गएको छ ।
पोखरा उप महानगरपालिका १५ को खहरे भिरबाट लडेर २३ बर्षका साजन परियारको ज्यान गएको कास्की प्रहरीले पुष्टी गरेको छ ।
शुक्रबार बिहान ७ः३० बजे परियार भिरबाट खसेका थिए । घटनाको बिषयमा स्थानियले जानकारी गराए पछि प्रहरी घटना स्थल पुगेको थियो । प्रहरीले परियारलाई उद्वार गर्दा गर्दै उनको ज्यान गएको थियो ।
परियार भिरमा जानुको कारण प्रहरीले अनुसन्धान गरी रहेको छ ।


