पोखरा – भारत घर भई पोखरा घुम्न आएका १ जना किशोरका ज्यान गएको छ ।
साथीहरु संग पोखरा घुम्न आएका युवाको बिहीबार राती ज्यान गएको कास्की प्रहरीले पुष्टी गरेको छ ।
भारतको आन्द्र प्रदेश घर भई काठमाण्डौंको मनमोहन मेडिकल कलेजमा अध्ययन गर्दै आएका किशोरकुमार नाम गरेका ति ब्यत्ति साथीहरु संग पोखरा घुम्न आएको कास्की प्रहरीले जनाएको छ । बिरामी भएको भन्दै अस्पताल भर्ना भएका थिए ।
बिहिबार पोखरा घुम्न आएका ति ब्यत्ति बिरामी परे पछि राती ११ बजे पोखराको चरक अस्पताल भर्ना गरिएको थियो । अस्पताल पुरयाएका कुमारलाई चिकित्सकहरुले मृत्त घोषित गरेका थिए ।
मृत्तकले अत्याधिक रुपमा नशालु पदार्थ सेवन गरेका कारण मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । कुमारको मृत्यु बिषयलाई लिएर प्रहरीले अनुसन्धान थालेको छ ।


