दमौली – तनहुँको दमौली बजारमा आज वेवारिसे पुरुषको शव फेला परेको छ ।
ब्यास नगरपालिका ३ को अनसान चौतारी स्थित गेटमा १ जना पुरुषको वेवारिसे शव फेला परेको दमौली प्रहरीले पुष्टी गरेको हो ।
शुक्रबार बिहान ५ बजेको समयमा नाम, थर, वतन खुल्न नसकेको अन्दाजी ५०÷५५ बर्षको पुरुषको शव फेला परेको दमौली प्रहरीले जनाएको छ ।
मृत्त अवस्थामा फेला परेका उनको बारेमा स्थानियले जानकारी दिए पछि प्रहरीको टोली घटना स्थल पुगेको थियो । मृत्त पुरुषका शव दमौली अस्पतालमा राखिएको छ ।
मृत्तकको आफन्तको खोजी भई रहेको र मृत्युको कारण अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


