काठमाण्डौं – नोबल कोरोना भाइर (कोभिड–१९)बाट आज नेपालमा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ३६३७ जनामा संक्रमण भएको पुष्टी भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमीत पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा।जागेश्वर गौतमले देशभरबाट संकलित १५ हजार २५५ नमुना परीक्षण गर्दा ३६३७ जनामा संक्रमण दखिए संगै नेपालमा संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ।
संक्रमणकै कारण पछिल्लो २४ घण्टामा नेपालमा २१ जनाको ज्यान गएको छ । यो सहित ज्यान गुमाउनेको संख्या ८१२ पुगेको छ ।


