काठमाण्डौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षा मंसिर ९ गतेबाट संचालन गर्ने भएको छ ।
बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो ।
परिक्षा बिहान ८ बजेदेखि ९ः३० बजेसम्म संचालन गरिने भएको छ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो ।
बोर्डले स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने जानकारी गराएको छ ।
बोर्डले परिक्षा शनिबार पनि संचालन गरेर १६ गते सक्ने तयारी गरेको छ ।




















