काठमाण्डौं – नोबल कोरोना भाइर (कोभिड–१९)बाट आज नेपालमा थप ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ५७४३ जनामा संक्रमण भएको पुष्टी भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमीत पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले देशभरबाट संकलित २० हजार ७४२ नमुना परीक्षण गर्दा ५७४३ जनामा संक्रमण दखिए संगै नेपालमा संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ।
संक्रमणकै कारण पछिल्लो २४ घण्टामा नेपालमा २६ जनाको ज्यान गएको छ । यो सहित ज्यान गुमाउनेको संख्या ७९१ पुगेको छ ।




















