काठमाण्डौं – नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
सरकारले कोरोना संक्रमितको जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै संघर्षका कार्यक्रमम घोषणा गरेको हो ।
कात्तिक १५ गतेदेखि २० गतेसम्म विभिन्न संघर्षका कार्यक्रम हुने विज्ञप्ती मार्फत जानकारी गराएको छ । कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने विप्लव समूहले जनाएको छ ।
वर्तमान सरकार जनता र राष्ट्रपति हदैसम्म गैरजिम्मेवार बनेको आरोप लगाउदै उत्त समूहले सरकारका क्रियाकलापले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरु अझै जटिल बन्दै गएको ठहर छ ।
बिज्ञप्तीमा सरकार कोरोनाको निःशुल्क परीक्षणबाट पन्छिएर अमानवीय बनेको आरोप समेत लगाएका छ ।





















