काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा ३०९३ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ३०९३ जनामा संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमीत पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले देशभरबाट संकलित १३ हजार ८६१ नमुना परीक्षण गर्दा ३०९३ जनामा संक्रमण पुष्टि भए संगै नेपालमा संक्रमितहरुको संख्या १ लाख ३९ हजार १२९ जना पुगेको बताए ।
त्यस्तै गरी पछिल्लो २४ घण्टामा नेपालमा ८ जनाको ज्यान गएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ७६५ जना पुगेको छ।




















