एजेन्सी – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर संक्रमितको संख्या ४ करोड नाघेको छ ।
सोमबारसम्म विश्वभर ४ करोड ३ लाख २५ हजार भन्दा बढी संक्रमित भएको विश्व स्वास्थ्य संगठनले पुष्टी गरेको हो ।
विज्ञहरुका अनुसार पृथ्वीको उत्तरी गोलार्धमा जाडो मौसम बढेपछि संक्रमण झनै फैलनसक्ने छ । रोयटर्सका अनुसार विश्वभर संक्रमितको संख्या ३ करोडबाट ४ करोड पुग्न ३२ दिन लाग्यो ।
यसअघि २ करोड संक्रमित संख्याबाट ३ करोड पुग्न ३८ दिन लागेको थियो भने १ करोड संक्रमित संख्याबाट २ करोड पुग्न ४४ दिन लागेको थियो ।
चीनको वुहानमा पहिलो पटक देखिएको संक्रमणको ३ महिनापछि मात्रै विश्वभर १ करोड संक्रमित भएका थिए ।
पछिल्लो तथ्यांकलाई नियाल्दै महामारी झनै तीव्र रुपमा बढ्ने बिज्ञहरुले चेतावनी दिएका छन् । पछिल्लो साता एकै दिन कोरोना संक्रमितको संख्या ४ लाख सम्म पुगेको थियो । यति धेरै संक्रमित एकै दिन पुष्टि भएको यो पहिलो पटक हो ।
कोरोना संक्रमण नियन्त्रणका लागि अमेरिका, भारत र ब्राजिल विश्वभर सबैभन्दा खराब अवस्था भएका देश हुन् । अमेरिकामा मात्रै विश्वभरका संक्रमित संख्यामध्ये ४७.२७ प्रतिशत बिरामी छन् । जुन विश्वभर संक्रमितहरुको पूरा संख्याको झण्डै आधा हो ।


