काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण नेपालमा संक्रमितहरुको संख्या १ लाख ३२ हजार नाघेको छ ।
गएको २४ घन्टामा देशभरबाट संकसलत १४ हजार ८७५ स्वाब परिक्षण गर्दा २ हजार ९४२ जनामा संक्रमण देखिए संगै संक्रमितको संख्या १ लाख ३२ हजार २४६ जना पुगेको हो ।
आज काठमाण्डौ उपत्यकामा १ हजार ६९८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जन संख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले जानकारी गराएका थिए ।
उपत्यकामा देखिएको संक्रमण मध्ये काठमाण्डौंमा १ हजार ४६९ जना, भक्तपुरमा ९९ जना र ललितपुर १३० जना छन् ।
संक्रमाणवाट पछिल्लो २४ घण्टामा १२ जना ज्यान गएको छ । यो सँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ ३९ पुगेको छ ।


