काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमण भएर विदेशमा बस्ने २८३ जना नेपालीहरुको ज्यान गएको छ ।
गैर आवासीय नेपाली संघका अनुसार १९ मुलुकमा रहेका नेपालीहरुको संक्रमणका कारण ज्यान गएको हो ।
यो साता थप १ जना नेपालीको इजरायलमा ज्यान गए संगै ज्यान गुमाउनेको संख्या २८३ पुगको छ । यो साता भारत, कतार, जापान, दक्षिण कोरिया, साइप्रसमा रहेका थप नेपालीहरुमा समेत संक्रमण देखिएको छ ।
शनिवारसम्म ४२ देशका ४२ हजार १०० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये ३८ हजार ६४६ जना संक्रमण मुक्त भई सकेका छन् ।


