काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले देशभरबाट संकलित १५ हजार ४३८ नमुना परीक्षण गर्दा ३१६७ जनामा संक्रमण देखिए संगै नेपालमा संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको बताए ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।


