काठमाण्डौं – काठमाण्डौंको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर बिस्फोट भएको छ। विस्फोटमा परी ११ जना घाईते भएका छन् ।
बिहीबार दिउँसो फलफूल चोकस्थित मिल कुमारी क्षेत्रीको घरमा ग्यास सिलिन्डर बिस्फोट हुदा ११ जना घाईते भएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ।
घाईतेहरुको पिपुल्स र मनमोहनमा उपचार भइरहेको छ ।
‘मिल कुमारीको घर पूर्ण क्षति भएको छ । वरपर रहेका अन्य घरहरुमा पनि बिस्फोटले क्षेति पुरयाएको प्रहरीले जानकारी दिएको छ ।
घाईते सबैको अवस्था सामान्य रहेको सोह्रखुट्टे प्रहरीले जनाएको छ । ग्यास बिस्फोट पछि भएको आगलागी नियन्त्रणमा आइसकेको छ ।
तस्बिर उत्तरकुमार श्रेष्ठ


