पोखरा – पोखरा महानगरपालिका ३१ निवासी मुटुरोगी कर्णबहादुर दुरालाई ‘दुराकान्छा बचाउन अभियान’ले एक कार्यक्रमको आयोजना गरि रकम हस्तान्तरण गरेको छ ।
स्थानीय युवा महेश पौडेलको संयोजकत्वमा गठित ‘दुरा कान्छा बचाउ अभियान’ले संकलन गरेको ४ लाख ५२ हजार रुपैया दुरालाई हस्तान्तरण गरिएको हो ।
नेपाल सरकारका पूर्ब कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञवहादुर थापाले सहयोग रकम हस्तान्तरण गर्दै, स्वास्थ्यमा नागरिकको सहज पहुँच नहुँदा विपन्न नागरिकलाई बाँच्न गाह्रो भएको बताए ।
आर्थिक हिसाबले विपन्न अवस्थामा रहेका नागरिकको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने अवस्था नआएसम्म यस्ता अभियानले धेरै नागरिकलाई पुर्नजीवन दिने उल्लेख गरे । थापाले यस्तो अभियान एक दुई जनाबाट मात्रै नहुने भन्दै, युवाहरुको एकताले धेरै कुरा संभव बनाएको बताए ।
कार्यक्रममा नेपाली काग्रेस कास्कीका सचिव सुदिप मोहन भट्टराईले सामाजिक अभियानमा राजनितिभन्दा माथि उठेर सवैले सहयोग गर्न सके कठिन परिस्थितिमा रहेका धेरै नागरिकलाई बचाउन सकिने उल्लेख गरे ।
काग्रेसका स्थानीय नेता राजेन्द्रमणि लामिछाने र ढकनाथ कडेलले दुरा कान्छा बचाउन अभियानले जुटाएको सहयोगको प्रशंसा गरे ।
अभियानका संयोजक महेश पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा स्थानीय युवा ध्रुव अधिकारी, नवराज ओझा लगायतले अभियानका बारेमा आफ्नो धारणा राखेका थिए
बिगत एकबर्ष देखी मुटुरोगबाट पिडित दुराको शहिद गंगालाल हृदय रोग केन्द्र काठमाण्डौमा शल्यक्रियाको तयारी भईरहेको छ ।


