काठमाण्डौं – ग्यासको नयाँ सिलिन्डर किन्दा डिलरले ग्राहकलाई अनिवार्य बिल दिनुपर्ने भएको छ ।
नेपाल ग्यास उत्पादक संघले ग्यास डिलरलाई नयाँ ग्यास सिलिण्डर बिक्री गर्दा ग्राहकलाई अनिबार्य बिल दिन भनेको हो ।
संघले आज एक विज्ञप्ति जारी गर्दै रसिद बिनाको सिलिन्डर नलिन सर्व साधारणलाई आग्रह समेत गरेको छ । तोकिएको सिलिण्डरको धरौटी मूल्य बुधबारदेखि दुर्गम जिल्लाबाहेक देशभर कार्यान्वयनमा आउने संघले जनाएको छ ।
नयाँ सिलिन्डरको उपभोक्ता धरौटी मूल्य २ हजार १०० रुपैयाँ कायम गरिएको छ । संघले रसिद नभएका सिलिन्डरको दायित्व ग्यास उद्योगले नलिने जाकारी गराएको छ ।
यसअघि सिलिन्डर मूल्य जथाभावी लिने गरिएको गुनासोपछि संघले खाली सिलिन्डरको धरौटी २ हजार १०० र नेपाल आयल निगमले तोकेको ग्यासको मूल्य थप गरेर मात्रै ग्यास बिक्री वितण गर्ने निर्णय गरेको थियो ।
यसअघि नै सिलिन्डर लिई सकेका उपभोक्ताले भने आफूले ग्यास किनिरहेको डिलरमा गएर रसिद लिन सक्ने संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।




















