सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथिको अविश्वास प्रस्ताव तत्कालका लागि टरेको छ ।
अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपाका भित्रका माधव नेपाल समूहका ७ साँसद पछि हटेपछि तत्कालका लागि संकट टरेको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको निर्णय लिएर केन्द्रीय सदस्य नीरज आचार्यले उनीहरुलाई हस्ताक्षर फिर्ता लिन मनाएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङले ओली पक्षका सांसदलाई हस्ताक्षर फिर्ता लिन टेलिफोन मार्फत आग्रह गरेको भएता पनि फिर्ता लिन आनाकानी गरिरहेका छन् ।
नेपाल पक्षका सांसदहरु आज असन्तुष्ट पक्षले बोलाएको संसदीय दलको बैठकमा समेत सहभागी भएनन् ।
शाहीविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि अध्यक्ष पुष्पकमल दाहालले नेता माधवकुमार नेपाल र प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका थिए ।पक्षधरका सांसदहरूसँग छलफल गरेका थिए ।




















