काठमाण्डौं – नोबल कोरोन भाइरस (कोभिड–१९)बाठ आज नेपालमा थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले देशभरबाट संकलित १५ हजार ५७७ परीक्षण गर्दा ३५५६ जनामा संक्रमण पुष्टी हुदा संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको बताए ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६३ पुगेको छ ।


