पोखरा – गण्डकी प्रदेशको ३ जिल्लामा थप ३४ जनामा संक्रमण पुष्टी भएको छ ।
प्रदेशको कास्की, स्याङजा र लमजुङमा गरी आज थप ३४ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
निर्देशनालयले सूचना जारी गर्दै कास्कीमा १८ जना, स्याङमा १४ जना र मजुङमा २ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको छ ।
आज थपिएको ३४ जना सहित गण्डकी प्रदेशमा संक्रमितहरुको संख्या ५००५ पुगेको छ ।



