पोखरा – गण्डकी प्रदेशको ६ जिल्लामा थप १२६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
प्रदेशको नवलपुर, कास्की, तनहँु, बागलुङm लमजुङ र स्याङजामा गरी थप १२६ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
निर्देशनालयका अनुसार गएको २४ घण्टामा सबै भन्दा धेरै नवलपुरमा संक्रमण देखिएको छ । नवलपुरमा आज मात्रै थप ६१ जनामा संक्रमण देखिएको छ । त्यस्तै गरी कास्कीमा आज २९ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
उता तनहँुमा २६ जना, बागलुङमा ७ जना, लमजुङ २ जना र स्याङजा १ जनामा संक्रमण देखिएको निर्देशनालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यो सहित गण्डकी प्रदेशमा संक्रमितहरुको संख्या ४ हजार ९७१ पुगेको छ ।























