काठमाण्डौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेललाई परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्री पोखरेल अस्पतालमै आइसोलेसनमा बसेका छन् । उनको अबस्था सामान्य रहेको पाटन अस्पतालले जनाएको छ ।


