काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट नेपालमा आज थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले देशभरीबाट संकलित स्वाब परिक्षणका क्रममा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टी भए संगै नेपालमा संक्रमितको संख्या १ लाख ७ हजार ७५५ जना बताए ।
कोरोना संक्रमणबाट आज थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।


