सुरर्खेत – कर्णाली प्रदेशका मुख्य मन्त्रि बिरुद्व नेकपाका आफ्नै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
प्रदेश दलका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाही बिरुद्व सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
सांसदहरुले मुख्यमन्त्री शाहीले विधि बिधान अनुसार काम नगरेको, सरकारको काम प्रभावकारी नहुँदा पार्टी बदनाम भएको जस्ता आरोप लगाउदै प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४ को उपनियम १ बमोजिम संसदीय दलका नेता मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।
३३ जना सांसद रहेको प्रदेशमा १८ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको हो ।




