काठमाण्डौं – डा.गोबिन्द केसीले अनशन तोडे संगै नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ ।
अनसनमा उठाएका विषयमा सरकार र डा.केसीबीच सहमति भएपछि संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको हो ।
डा.केसी र सरकारबीच मध्यराति ८ बुँदे सहमति भएको थियो । संघले सम्पूर्ण शाखा कार्यालयहरु, नेपाल भरका सम्पूर्ण स्वास्थ्य संस्था, चिकित्सक, स्वास्थ्यकर्मी, विभिन्न विशेषज्ञ समाज, सञ्चारकर्मी, तथा आम सर्वसाधारण नागरिकलगायत विभिन्न संघ संस्थाहरुले जाहेर गरेको ऐक्यबद्धता र समथर्नप्रति संघले विज्ञप्ति जारी गर्दै आभार प्रकट गरेको छ ।


