पोखरा – गण्डकी प्रदेशको ३ जिल्लामा आज थप ६२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
प्रदेशको कास्की, बागलुङ र लमजुङमा गरी थप ६२ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।
निर्देशनालये आज (आइतबार) बिहान सूचना जारी गर्दै कास्कीमा २१ जना, बागलुङमा ३६ जना र लमजुङमा ५ जनामा संक्रमण देखिएको पुष्टी गरेको छ । पुष्टी भएका मध्ये नेपाली सेनाका ३० जना, नेपाल प्रहरीका २ जना, थुनुवा १ जना र इजलासका २ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमित सबैको स्वाब क्षयरोग उपचार केन्द्र पोखरामा परिक्षण गरीएको थियो । गण्डकी प्रदेशमा यो सहित संक्रमितहरुको संख्या ४ हजार ७५३ जना पुगेको छ ।




