काठमाण्डौं – नेपालमा अहिले सम्मकै सबै भन्दा धेरै कोरोना संक्रमण आज देखिएको छ । आज मात्रै ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमका अनुसार देशभरीबाट संकलित स्वाबहरु परिक्षण गर्दा थप ५००८ जनामा संक्रमण पुष्टी भए संगै संक्रमितको संख्या १ लाख ५ ६८४ पुगेको बताए ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।




















