काठमाण्डौं – केही दिन यता देखी देशभर चिसो बढ्ने क्रम जारी रहेको छ । मौषम पूर्वानुमान शाखाका अनुसार पछिल्लो १० दिनमा तापक्रम १० डिग्री सेल्सियससम्म घटेको छ ।
महाशाखाका अनुसार रातको समयमा आकाश खुल्ला भएकाले बिहानपख चिसो बढेको हो । आकाशमा राति बादल लाग्दा पृथ्वीले छोडेको ताप जमिनमै आउने भएकाले बिहान न्यानो नै हुने तर आकाश खुल्ला भए पछी पृथ्वीको ताप आकाशमै हराउँदा जमिन सेलाएर बिहानपख चिसो बढ्न थालेको हो ।
अघिल्लो बिहिबार न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियस मापन गरिएको जुम्लाको तापक्रम हिजो (शुक्रबार) ६.२ डिग्री सेल्सियसमा झरेको र अघिल्लो बिहीबार २० डिग्री सेल्सियस रहेको राजधानीको तापक्रम १४.५ डिग्री सेल्सियसमा झरको पनि महाशाखाले जनाएको छ ।
त्यस्तै गरी देशको अन्य भागहरुको पनि यस्तै गरी तापक्रम घट्दै गएको छ । पानी पर्ने प्रणाली सक्रिय नभएकाले बिहान बेलुकी चिसो बढ्दै जाने महाशाखाले जनाएको छ ।


