एजेन्सी – कोरोना भाइरस संक्रमण बढ्न थालेपछि स्पेन सरकारले राजधानी मड्रिडमा आपतकालीन अवस्था घोषणा गरेको छ ।
सरकारले १५ दिनका लागि मड्रिडमा आपतकाल घोषणा गरेको हो ।
स्थानीय प्रशासनले लकडाउन लागु गर्न नचाहेपनि केन्द्र सरकारले आपतकालीन अवस्था लागु गरेको हो ।
संक्रमण नियन्त्रणका लागि लागू गरिएको आंशिक लकडाउन अदालतले हटाएपछि सरकारले आपतकालीन अवस्था लागु गरेको हो । आपतकालीन अवस्था कार्यान्वयनका लागि मड्रिडमा ७ हजार भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।
स्पेनमा अहिले महामारीको दोस्रो लहर शुरु भएको छ । स्पेनमा हालसम्म ८ लाख ९० हजा भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । ३२ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ ।


