काठमाण्डौं – नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईंको निधन भएको छ ।
प्रसाईंको शुक्रबार दिउँसो ९९ बर्षको उमेरमा काठमाण्डौंको ओम अस्पतालमा निधन भएको हो ।
प्रसाईं कृष्णप्रसाद भट्टराई कांग्रेसको सभापति रहँदाको कार्यसमितिमा कोषाध्यक्ष थिए । प्रसाईंलाई उच्च ज्वरो र श्वासप्रश्वासको समस्या भएपछि चावहिलस्थित ओम अस्पताल भर्ना भएको थियो ।
उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । विक्रम सम्बत १९७८ मा ताप्लेजुङको हाङपाङमा जन्मिएका प्रसाईं पछिमात्र झापा झरेका थिए ।
प्रसाईंको निधनप्रति नेपाली कांग्रेसले दुःख ब्यक्त गरेको छ । प्रपक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै कांग्रेसले त्यागी नेता गुमाएको बताएका छन ।


