पर्वत – पर्वतको फलेबासमा स्कुल हिडेकी बालिकालाई कुलोले बगाउदा मृत्यु भएको छ ।
फलेबास नगरपालिका ६ को चन्दनी बस्ने ८ बर्षिया श्रृयाषी रानालाई कुलोले बगाउदा मृत्यु भएको हो ।
बिद्यालय जादै गरेकी रानालाई सोही स्थानमा रहेको चौबिस कुरिया जाने कुलोले बगाएको फलेबास प्रहरीले जनाएको छ ।
बालिकालाई कुलोले बगाए पछि स्थानियले उद्वार गरी पर्वतको खानी गाउँमा रहेको धुलिखेल अस्पतालमा उपचारको लागि पुरयाएको भएता पनि उपचारको क्रममा बालिकाको मृत्यु भएको थियो ।




















