पोखरा – पोखराको जिरो किलोमिटर नजिकै मोटरसाईकल दुरर्घटनामा परेर १ जनाको मृत्यु भएको छ ।
पोखरा उप महानगरपालिका ६ बुलौदी स्थित हल्लनचोकबाट जिरो किलो मिटर तर्फ जाँदै गर्दा दुरर्घटनामा परेको मोटर साईकलका चालकको मृत्यु भएको हो ।
दिउसो १ः३० बजे भएको उत्त दुरर्घटनामा परी ग.१६ प ५०६ नम्बरको मोटर साईकल चालक स्याङजा जिल्ला बिरुवा गाउँपालिका ८ घर भई हाला पोखरा उप महानगरपालिका १५ नयाँगाउँ बस्ने २८ बर्षका दिलिप गुरुङको मृत्यु भएको पोखरा प्रहरी जनाएको छ ।
मोटरसाईकल अनियन्त्रीत भएर डिभाईडरमा कक्कर खादा गुरुङ गंभिर घाईते भएका थिए । घाईते गुरुङको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।
साँकेतिक तस्बिर


