काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट नेपाल संक्रमित हुनेको संख्या लाख नजिक पुगेको छ । आज मात्रै ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितहरुको कुल संख्या ९८ हजार ६१७ पुगेको मन्त्रालयले बताएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमीत पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले देशभरबाट संकलित स्वाब मध्येबाट ४३६४ जनामा संक्रमण देखिएको जानकारी दिए ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।




















