नेपाली चर्चित नायिका हुन् करिश्मा मानन्धर । अमेरिका बसेर अध्ययन गर्दै गरेकी नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर पनि आमाकै पछेउरी समातेकि छिन् । कविता आमा करिश्मा र पिता विनोद मानन्धरजस्तै फिल्म अभिनय र निर्माणमा नलागे पनि यसको नजिकैको क्षेत्रमा आएकी हुन् ।
उनी अमेरिकामा हुन लागेको एएनए फेसन एक्स्ट्राभेजेन्जा स्पर्धामा सामेल भएकी थिइन् । समाज विज्ञानमा स्नातक गर्दै गरेकी कविता यो स्पर्धाको अन्तिम आठका लागि चुनिएकि थिइन् । आगामी शुक्रबार अमेरिकाको न्युयोर्कमा हुने यो प्रतियोगिताका लागि पूर्व मिस नेपाल माल्भिका सुब्बा, प्रशान्त ताम्राकार, सुमित सिग्देल, मलिना जोशीको निर्णायक मण्डलले अनलाइनबाटै स्पर्धी सुन्दरीहरुको छनोट गरेका हुन् ।
कवितालाई प्रतियोगितामा जिताउन विभिन्न सामाजिक सञ्जालमार्फत भोट हाल्ने अभियान चहिलरहेको थियाे । नायिका करिश्मा मानन्धरले पनि आफ्नो छोरीलाई भोट हाल्न फेसबुकमार्फत आग्रह गरेकी थिइन् । अमेरिकाका विभिन्न राज्य बस्दै आएका १८ देखि २७ वर्ष समूहका ८/८ महिला र पुरुषले यसमा स्पर्धा गरेका थिए ।
प्रतियोगिताको विजयीले मिस्टर भोग एएनए र मिस भोग एएनएको उपाधि चुम्ने आयोजकले जनाएका थिए । यसैक्रममा उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनले शेयर गरेका तस्विरमा दर्शकले निकै राम्राे प्रतिकृया दिएका छन् ।
























