एजेन्सी – अमेरिकाले चीनको झिन्झियाङ प्रान्तबाट सामग्री आयातमा रोक लगाएको छ ।
बासिङटनले झिन्जियाङबाट कपडा, कम्प्युटरजन्य सामग्री लगायतको आयातमा प्रतिबन्ध लगाएको हो ।
सो प्रान्तमा ठूलो संख्यामा उइगर मुस्लिमलाई जर्बरजस्ती श्रममा लगाइएको आरोप अमेरिकाको छ । बेइजिङले अल्पसंख्यक उइगर मुस्लिम समुदायमाथि अमानवीय गतिविधि गरेको आरोप लगाउदै दवाब दिने उद्देश्यले सामन आयातमा अमेरिकाले रोक लगाएको हो ।
चीनले सो प्राप्तका दश लाख भन्दा बढी मुस्लिमलाई बन्दी बनाएको आरोप अन्र्तराष्ट्रिय समुदायले लगाउदै आएका छन । बन्दी बनाइएका उइगर मुस्लिमलाई श्रममा लगाइएको अमेरिकी दावी छ ।
अन्तर्राष्ट्रिय समुदायको दावी चीनले भने अस्वीकार गर्दै आएको छ । विश्व बजारको २० प्रतिशत कपासजन्य कपडा चीनको झिन्झियाङ प्रान्तबाट निर्यात हुने गरेको छ ।



