काठमाण्डौं – नेपाल आयल निगमले आजबाट लागु हुने गरी पेट्रोलमा मात्र मूल्य बढाएको छ ।
निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी पेट्रोलमा २ रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।
तर निगमले डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य बढाएको छैन । भारत पेट्रोलिय निगमबाट १ सेप्टेम्बर मा आएको मूल्यसूचीको आधारमा पेट्रोलमा मात्र मूल्य बढाइएको निगमले जनाएको छ ।



