काठमाण्डौं – नेपाली बजारमा आज सुनचाँदीको भाउ आज बढेको छ ।
सुन प्रतितोला ३०० बढेर ९७ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो तोलाको ९७ हजार २०० मा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ आज तोलामा २५ रुपैयाँ बढेको छ ।
चाँदी तोलाको १ हजार ३६५ मा कारोबार भैरहेको छ । हिजो चाँदी १ हजार ३४० मा कारोबार भएको थियो ।



