काठमाण्डौं – नेपाली बजारमा सुनको भाउले फेरी उकालो लाग्न सुरु भएको छ । आज सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँले बढेर १ लाख ४०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनृुसार बजार खुल्नासाथ प्रति तोला २ हजार २०० रुपैयाँले बढेर तोलको १ लाख ४०० रुपैयाँमा कारोबार भएको हो ।
हिजो (सोमबार) तोलामा २०० रुपैयाँ घटेर तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदी तोलामा ६५ रुपैयाँ बढेर तोलाको १ हजार ३८० रुपैयाँमा कारोबार भएको छ ।
हिजो चाँदी तोलाको १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।



