काठमाण्डौं – नेपाली बजारमा आज देखी पट्रोल, डिजल र मट्टीतेलमा प्रति लिटर १ रुपैयाँ बढेको छ ।
नेपाल आयलले आज देखि लागू हुने गरि निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो ।
आजबाट पेट्रोल प्रतिलिटर १०५ रुपैयाँ २५ पैसा पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
यसअघि निगमले साउन १८ गते मात्रै पेट्रोल, डिजलको भाउ प्रतिलिटर २ रुपैयाँले बढाएको थियो।



