काठमाण्डौं – नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । आज मात्रै सुनको मुल्य प्रति तोला ६ हजार २०० ले घटेको छ ।
केही साता देखी उकालो लागेको सूनको भाउ आज ओरोलो लागेको हो । आज सुन प्रति तोला ९५ हजार ४०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंलबार नेपाली बजारमा तोलाको १ लाख १ हजार ६०० मा कारोवार भएको थियो । नेपालमा एकैदिन सुनको मुल्यमा गिरावट आएको यो पहिलो घटना भएको सुनचादी ब्यवसायीले जनाएको छ ।
तेजावी सुन आज प्रति तोला ९४ हजार ९०० मा कारोवार भएको छ । चाँदी तोलामा २२५ घटेर तोलाको १ हजार २१० मा कारोवार भएको महासंघले जनाएको छ ।
रुसमा कोरोना भाइरस बिरुद्धको खोप तयार गरेको खबर सार्वजनिक भए लगत्तै अन्तराष्ट्रिय बजारमा नै सुनको मुल्य सस्तीएको जानकारहरु बताउछन् ।
नेपाली बजारमा गएको आइतबार ९००, सोमबार २०० र मंगलबार ८०० घटेको थियो ।
गएको शुक्रबार मात्रै नेपाली बजारमा सुन सर्वाधिक मुल्य कायम भएको थियो । शुक्रबार प्रति तोला १ लाख ३ हजार ५०० मा कारोवार भएको थियो ।



