गोरखा समाचारदाता
काठमाण्डौं – नेपाली बजारमा आज सुन प्रति तोला १ लाख ३ हजार ४०० मा कोरोबार भएको छ ।
शुक्रबार प्रति तोला १ हजार १०० रुपैयाँले बृद्वि भए पछि १ लाख ३ हजार ४०० मा कारोबार भएको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बिहिबार १ लाख २ हजार ५०० मा कारोबार भएको सुन बजार खुल्नेबित्तिकै प्रतितोला १ लाख ३ हजार ५०० पुगेको छ । तेजाबी सुनको मूल्य १ लाख ३ हजार निर्धारण भएको छ ।
महासङ्घका अनुसार आज चाँदीमा ६० रुपैयाँ ले बढेर १ हजार ४०५ रुपैयाँमा कारोबार भएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०६१.५१ र सोही परिमाणको चाँदीको मूल्य २८.४९ अमेरिकी डलर कायम भएको छ ।




















